काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा आकस्मिक समस्या आएपछि अस्पताल लगिएको छ ।
शनिबार जेन-जी युवाहरुसँग छलफल गरिरहेको बेलामा राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या आएपछि त्रिवि शिक्षण अस्पताल लगिएको हो ।
वार्तामा बसेको बेलामा चक्कर लाग्ने र बान्ता आएपछि अस्पताल पुर्याइएका उनको वास्थ्य जाँच (टेस्ट) गरिएको छ ।
अस्पतालमा नै भर्ना गरेर उनको उपचार गरिएको अस्पताल स्रोतले जनाएको छ ।




