काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विघटन गरिएको संसद् तत्काल फिर्ता गर्ने मागलाई लिएर अघि बढ्नुपर्ने बताएका छन् ।
बिहीबार भक्तपुर एमालेको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘अब हामीले देशलाई सही बाटोमा फर्काउनका लागि असंवैधानिक ढंगबाट विघटन गरिएको संसद् तत्काल फिर्ता गर्ने मागलाई राखेर अगाडि बढ्नुको विकल्प छैन । मैले विश्वास लिएको नेपाली कांग्रेस पनि यही बाटोमा अगाडि बढ्नेछ।’
अरु बाटो नै नरहेको बताउदै उनले थपे,‘असंवैधानिक कुरालाई मान्यता दिएर हामी अगाडि बढ्नसकेनौं भने पछि ढिला भएछ भनेर पछुतो मानेर बस्नुपर्ने हुन्छ ।
अन्तरिम सरकार निर्वाचन गर्ने बाटोमा अघि नबढेको र निर्वाचन गर्ने नियतमा पनि नदेखिएको ओलीको दाबी थियो ।