November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

माइतीघरमा प्रदर्शन गर्न खोज्ने १८ जना पक्राउ

540

काठमाडौं। माइतीघरमा प्रदर्शन गर्न खोज्ने जेनजीका समूहलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार प्रदर्शन गर्ने भन्दै माइतीघर पुगेका उनीहरूलाई प्रहरीले प्रदर्शन गर्न रोक लगाएको छ ।

हालसम्म पक्राउ पर्नेको सङ्ख्या १८ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नेमा डा.निकोलस भुसाल र सञ्जीव दाहाल लगायतका छन् ।

Advertisement

प्रदर्शनकारीहरूले शान्तिपूर्ण प्रदर्शन गर्ने बताएपछि घुसपैठ हुने र हिंसा भड्किन सक्ने सुरक्षा विश्लेषण छ ।