भक्तपुर । मकवानपुरमा सवारी दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । मंगलबार बिहान मदन भण्डारी लोकमार्गमा सिन्धुलीबाट हेटौडातर्फ आउँदै गरेको गाडी बागमती गाउँपालिका–४ हरामी चोकमा दुर्घटनामा परेको हो ।
प्रहरीकाअनुसार म.प्र.०२–००१ ज ००७२ नम्बरको ईभी गाडीले भित्रि बाटोबाट हाईवे तर्फ निस्कदै गरेको ना ५ प ५५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा अनियन्त्रित भई दुर्घटना भएको हो ।
गाडाी १५ फिट तल खोल्सीमा खसेर दुर्घटना हुँदा गाडीमा सवार र मोटरसाइकल चालकसहित १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घाइतेमध्ये १ जना मिकशा पौडेललाई थप उपचारको लागि काठमाडौं ल्याउने तयारी गरिएको छ भने अन्य घाइतेहरूलाई स्थानिय साम्भि पोलिक्लिनिक तथा सहकारी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।




