काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङका पक्षमा काठमाडौंमा प्रदर्शन र र्याली निकालिएको छ । आइतबार कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समितिले प्रदर्शन गरेको हो ।
बाजागाजा र झाँकीसहितको उक्त प्रदर्शनमा विभिन्न संघ÷संगठन तथा सर्वसाधारण र बौद्ध भिक्षुहरूसमेतको सहभागिता रहेको थियो ।
र्यालीमा सबै प्रदर्शनकारीहरुले कुलमान घिसिङको फोटो बोकेका थिए । ‘देशको शान, कुलमान घिसिङ’, कुलमानलाई अपमानजनक ढंगले निकालिएको लगायतका नारा लगाइएको थियो ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले दोस्रोपटक २०७८ साल साउन २६ गते नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको कुलमानलाई हटाई केपी ओसरकारले चैत ११ गते हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । मन्त्रिपरिषद्ले उक्त पदमा रहेका कुलमान घिसिङलाई हटाउँदै शाक्यलाई नियुक्त गरेको हो ।
२०७३ भदौ २९ को पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद् निर्णयबाट पहिलोपल्ट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त कुलमानलाई लोडसेडिङ अन्त्य गरेको र वर्षौंदेखि घाटामा गएको संस्थालाई नाफामा लगेको श्रेय जान्छ ।