कथाः लत्याइएको भाग्य
अनिला राई घरबाट निस्किएँ । आँगनको डिलको बगैंचामा फुलिरहेको फूलहरूमा नजर डुलाए, जुन बगैंचा म सानो छँदा ढुङ्गाहरू गाडेर बाबाले बनाइदिनुभएको थियो । दिन होस् या रात ती फूलहरूमा सधै नै एकै किसिमको भाव देख्थेँ । मुस्कुराइरहेको जस्तो । तर, मलार्ई घर छोडेर हिड्ने समय लाग्यो । उदास-उदास थिए ति पनि । फूलहरूतिर नियाले जसरी...