April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

पहिचान पुरस्कार २०७८ ‘पथेर’ र ‘कदम’लाई

7.2K

नडाहा । पहिचान पुरस्कार २०७८ श्याम शाहको कथा संग्रह ‘पथेर’, र अनन्त वाग्लेको उपन्यास ‘कदम’लाई प्रदान गरिने भएको छ । बुधबार पुरस्कार कोषले प्रेस विज्ञप्ति जारी गर्दै यो वर्षको निम्ति सो २ वटा कृतिलाई सो पुरस्कार प्रदान गरिने जानकारी गराएको हो ।

यस भन्दा अगाडी ४ वटा कृतिहरुले पहिचान पुरस्कार पाइसकेको छ । जसमा आख्यानकार राजन मुकारुङको निवन्ध संग्रह ‘फेरिदो सौन्दर्य’, कवि अर्जुन खालिङको कविता संग्रह ‘गोयङको सुगन्ध’ र यज्ञशको उपन्यास ‘भुइया’ र उन्मुक्त पुस्ताको कविता संग्रह ‘आफर’, सरस्वती प्रतिक्षाको उपन्यास ‘नथिया’ले पहिचान पुरस्कार पाइसकेका छन् भने पहिचान सम्मानबाट खगेन्द्र संग्रौलालाई सम्मानित गरिसकेको छ । पहिचान पुरस्कार रु ४०२,००२ अक्षरेपि (चार लाख दुई हजार दुई रुपैयाँ) रहेको छ ।

सो पुरस्कार आगामी चैत्रमा काठमाडौमा एक कार्यक्रमको आयोजना गरि प्रदान गरिने पुरस्कार कोषका संस्थापक काङमाङ नरेश राईले जानकारी दिएका छन् ।

Advertisement