गिरीबन्धु टी–इस्टेट बारे ओलीलाई देउवाको प्रश्न: आफ्नो पालामा भएको निर्णयलाई हो भन्न किन आपत्ति ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरीबन्धु टी–इस्टेट जग्गा प्रकरणबारे नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति प्रश्न गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा बोल्दै सभापति देउवाले उक्त जग्गा बिक्री नेपाली कांग्रेसको पालामा नभएको दाबी गरेका हुन् । अदालतले फैसला गरेपछि गिरीबन्धु टी–इस्टेटको निर्णय कांग्रेसको पालामा भएको ओलीले बताएको...