April 2, 2025, Wednesday
२०८१ चैत्र २०
1:37:26 pm

कांग्रेस र एमाले मिलेर निर्वाचन प्रणाली बदल्नुपर्छः शेखर कोइराला

1.3K

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निर्वाचन प्रणालीका बारेमा पुर्नविचार गर्नुपर्ने बताएका छन् । बिहीबार घोराहीमा दोस्रो जिल्ला सम्मेलनमा बोल्दै कोइरालाले सरकारको स्थायित्व र आर्थिक विकासका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने बताएका हुन् ।

उनले पटकपटक सरकार परिवर्तन हुँदा र त्यसको असर प्रत्यक्ष निर्वाचनमा देखिने भएकाले निर्वाचन प्रणालीका बारेमा पुनर्विविचार गर्नुपर्ने बताउँदै त्यसका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति हुनुपर्ने धारणा राखे ।

कोइरालाले भने, ‘संविधानसभाबाट निर्माण गरिएको संविधान उत्कृष्ट हुँदाहुँदै पनि केही कमजोरीहरू देखिए । कमजोरीकै कारण संविधान निर्माणपछिका कुनै पनि दलको बहुमत ल्याउन नसक्दा स्थायी सरकार भएन । त्यसैले अब संविधानमा संशोधन गर्न आवश्यक छ ।’

Advertisement

कोइरालाले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर समानुपातिक प्रतिनिधित्व कायम हुने गरी निर्वाचन प्रणालीका बारेमा ठोस कदम चाल्नुपर्ने बताए । उनले भने, ‘निर्वाचन प्रणाली परिवर्तन गर्न दुई ठूला पार्टी एकै ठाउँमा उभिनुपर्छ । अस्थिरताका कारण देशमा आर्थिक मन्दीका कारण धेरै व्यवसायमा सटर डाउनको अवस्था सिर्जना भएको छ ।’