April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

गिरीबन्धु टी–इस्टेट बारे ओलीलाई देउवाको प्रश्न: आफ्नो पालामा भएको निर्णयलाई हो भन्न किन आपत्ति ?

1.4K

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरीबन्धु टी–इस्टेट जग्गा प्रकरणबारे नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति प्रश्न गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा बोल्दै सभापति देउवाले उक्त जग्गा बिक्री नेपाली कांग्रेसको पालामा नभएको दाबी गरेका हुन् ।

अदालतले फैसला गरेपछि गिरीबन्धु टी–इस्टेटको निर्णय कांग्रेसको पालामा भएको ओलीले बताएको विषय बाहिर आएको उल्लेख गर्दै उनले आफ्नो पालामा भएको निर्णयलाई हो भन्न किन आपत्ति ? भनी प्रश्न गरेका छा् ।

Advertisement

उनले भने, “अहिले यो नेपालको राजनीतिमा ओलीजीले बोलेको भनेर बाहिर आएको छ, अदालतले फैसला गरेपछि गिरीबन्धु टी–इस्टेटको निर्णय कांग्रेसको पालामा भएको भनेर । आफूले निर्णय गर्नुहुन्छ, कांग्रेसलाई भन्नुहुन्छ । कहिले, कसको पालोमा भयो, के भयो, भनिदिए भइहाल्यो नि ! त्यसकारण यस्तो कुरा उहाँजस्तो नेताले भन्न सुहाउँदैन । आफूले गरेको कुरा गरेको हो भन्न के आपत्ति छ ?”

ओली जस्तो नेताले यस्तो बोल्न नहुने भन्दै देउवाले थपे, “अदालतले उहाँलाई भनेको छ, उहाँ के भन्नुहुन्छ भने कांग्रेसको पालामा भएको छ । कांग्रेसको पालामा गिरिजाबाबु र म हो, हाम्रो पालामा भएकै छैन । यस्तो कुरा उहाँले बोल्नुभयो, उहाँजस्तो नेताले यस्तो बोल्नु हुँदैन थियो ।”