November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

पार्टी बलियो बनाउन एकजुट हुन सभापति देउवाको आग्रह

1.2K

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी बलियो बनाउन एकजुट हुनुपर्ने बताएका छन्।

शुक्रबार काठमाडौंमा पूर्वकर्मचारी समाजद्वारा आयोजित कार्यक्रममा बोल्दै देउवाले भने, ‘नेपालमा लोकतन्त्र प्राप्तिसहितका हरेक आन्दोलनमा कर्मचारीको महत्वपूर्ण भूमिका छ। सरकार परिवर्तन भइरहन्छन् तर कर्मचारीतन्त्र स्थायी हुन्छ । मुलुक निर्माणमा कर्मचारीहरुको ठूलो भूमिका हुन्छ। जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने अवसर हुन्छ। सरकारको सफलता र असफलतामा पनि कर्मचारीको भूमिका महत्वपूर्ण हुन्छ।’

आगामी निर्वाचनमा कांग्रेसलाई पूर्ण बहुमत आउने अभियानमा सहयोग गर्न पनि सभापति देउवाले आग्रह गरे । साथै पार्टी बलियो बनाउने काममा एकजुट भएर लाग्न आवश्यक रहेको उनको भनाइ थियो।

Advertisement