काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आउँदो १६ औँ योजना पनि असफल हुने जोखिम बढेको बताएका छन् । विगतका योजना असफल भएकाले आउदो योजना पनि असफल हुने हो कि भन्ने उनले चिन्ता व्यक्त गरेका हुन् ।
कोइरालाले सामाजिक संजालमा लेखेका छन्, ‘पुरानै असफल कार्यक्रमको सँगालोको निरन्तरताले कतै फेरि सोह्रौँ योजना वर्ष पनि खेर जाने त हैन ? शंका बढ्यो ।’
उनले सुधारेर जान सुझाव पनि दिएका छन् । ‘अझैं समय छ, सुधारौँ, नयाँपनमा जाऔँ ।,’ कोइरालाले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले नयाँ पञ्चवर्षीय योजनाको आधार वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा विकासको गति बढाउने कार्यक्रम अपेक्षित रहेको पनि उल्लेख गरेका छन् । कोइरालाले योजनालाई नयाँपन दिनसमेत सुझाव दिएका छन् ।