‘याक्सामा एक साँझ’
कविता एकैछिनमात्रै एकैछिनकोतरेबा भएर आइपुगेको थिएँत्यो साँझ…!–––––––––––मेरो आँखामा पैँयू फुल्योर,माछाको भुराजस्तैचिप्लेटी खेल्दै आएँमाथिसराङ कोक्माबाटउधैँउधोँलोकमार्गको खोला हुँदै । अँध्यारो निल्दै गरेको पूर्णे जून,छाँया पछ्याउँदै हिँड्ने ताराहरू,बसाइँ सरिरहने बादलका टुक्राहरूनियाल्दैमतरेबा भएर आइपुगेँ याक्सानेर । ––––––––––– जबछोएँ भुइँयस्तो लागेर आयो –सूर्जेलाई फन्को मारिरहेको पृथ्वीझैँयाग्राङसिङ वरिपिरि घुम्दैछ मेरो मन,चमेन तङसिङमा कासाको थाल ठट्टिन्दायेवा कामेझैँ जीउभरि छुट्दैछ कम्पन,अनि,छर्केर सुनपानी, छोएर...