April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

त्यो मै त हुँ

जुनु राना
२०८० जेष्ठ ६

4K

कोही तिमीलाई सधैं पर्खिरहन्छ
त्यो मै त हुँ !

कल्पनामा
तिमी पुग्ने हर ठाउँमा पुग्ने
त्यो मै त हुँ ।
अर्बौं–अर्बौं मान्छेको भिडमा
तिमीलाई रोज्ने मै त हुँ !

नियतीसँग जुधेर
दुनियाँसँग टाढिएर
तिमीलाई रोज्ने, मै त हुँ !

Advertisement

आकाशको आयतन र
सागरको गहिराइ नाप्ने
तिमीलाई अगाध मायाँ गर्ने
त्यो मै त हुँ !

अप्ठ्यारोमा हुर्कने र
आँधीमा पर्ने
दोभान बनेर
तिमीलाई पर्खने
त्यौ मै त हुँ !

किनारले पनि तृष्णा भोग्छ
छाल चट्टानमा बजारिन्छ
त्यो अटल समुद्र बनेर
तिम्रो बाटो हेर्ने
त्यो मै त हुँ !