April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

कविता: कुफिमाँ

सुजन गुरुङ
२०८० भाद्र ३०

7.4K

ए क्होसी करूरी क्ह्याल्बु
इतिहासको चेत भित्र कुफिमाँ कसरी उघ्रन्छ
उसलाई बुझाइ भविष्य देखाइदिनु
उ अस्ताइरहेछ
तिम्रो ज्ञान खोज्नबाट
तिम्रो चेत रोज्नबाट ।

ए म्हाङीमै
के इतिहासको श्रृष्टी परिवर्तित हुँदैछ ?
कुफिमाँ नबुझेका अचेत युगहरुमा
म्हिलु च्योँलिकुती अचेतमा रोजेर
केही थान फ्रेएँछमीमएँ
कुनै विवेकको कुमारी रोगबाट मोचैँ सल्काइरहे झैँ
उसलाई सल्काउन किन रोकिन्न
के कुफिमाँ सल्कीरहेको मानसिक ल्हाँ हो
यो बुझाइ दिनु ।

कुफिमाँ
यहाँ विवेकबाट आपा क्हार्पुहरू निदाइसके
निदाइसके न्याँदो क्ह्याल्बुमै
निदाइसके ज्याँदो क्ह्याल्बुमै
निदाइसके स्याँदो क्ह्याल्बुमै
के छ्–याँइ पए
ल्हुँताँ पए बन्ने त होइन
या उनीहरुको इच्छा चलाउने
ङ्–योइ म्हीमै तमू ।

Advertisement

कुफिमाँ के अब न्हागार दियो बन्न
रिमीच्योँ स्यार्लम्हिना मस्तिष्कमा जाग्दैन
वा ह्युला नासाले डाक्दैन
उसलाई सुनाइदिनु तिम्रो प्येहरु
जसले खोला नाला, पहाडहरूलाई सदीयौँ देखि छिचोली रहेछ ।