October 4, 2024, Friday
२०८१ आश्विन १८
1:37:26 pm

एनआरएनए अष्ट्रियाले भब्य रुपमा आयोजना गर्यो टेबल टेनिस र चेस प्रतियोगिता २०२२

8.8K

एनआरएनए अष्ट्रियाले राजधानी भियनामा महिला, पुरुष टेवल टेनिस र खुला चेस प्रतियोगिता २०२२ युवा संयोजक महेन्द्र लिम्बुको संयोजकत्वमा भब्य रुपमा आयोजना गर्यो। संस्थाले वार्षिक रुपमा आयोजना गर्दै आईरहेको खेलकुद भन्दा यसपाली भिन्न प्रकारको प्रतियोगिता आयोजना गरेर अष्ट्रियाबासी गैर आवासीय नेपालीहरुलाई मनोरञ्जन गराउने उद्देश्यले टेबल टेनिस र चेस प्रतियोगिता आयोजना गरिएको युवा संयोजक लिम्बुले बताए।

अध्यक्ष भवानी तिवारीको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाली राजदुत भरत कुमार रेग्मी प्रमुख अतिथिको रुपमा उपस्थित थिए भने, नेपाली दूतावासका सहचारी युवराज लामा, एनआरएनए अष्ट्रियाका आईसीसी सदस्य विकाश कार्की, संरक्षकहरु मुक्त गुरुङ्ग, समिर केसी , सल्लाहकारहरु ध्रुव पौडेल , भुपिन्द्र गुरुङ्ग, बिक्रम लामा, मित्र खत्री र अनुशासन समितिका सदस्यहरु, बरिष्ठ उपाध्यक्ष अनिता भुजेल, महिला उपाध्यक्ष आशा थापा साथै अन्य संघ संस्थाका अध्यक्षहरु नेपाल आदिवासी जनजाति महासंघ अष्ट्रियाबाट स्वेता बज्राचार्य, स्पोर्ट क्लव सगरमाथाका मानफ्रेड आनराईतर, नेसास अष्ट्रिया महासचिव अर्जुन घिमिरे , एनआरएनए एलसीसी साल्जवर्ग उपाध्यक्ष निरु कार्की विशेष अतिथिको रुपमा उपस्थित थिए।


अष्ट्रियाका मुख्य शहरहरु साल्जवर्ग, ग्राज र भियनाका खेलाडीहरुको उत्साह जनक सहभागिता रहेको र उपस्थित दर्शक तथा खेलाडीहरुले धेरै रमाईलो भएको र यस प्रकारको प्रतियोगिता एनआरएनए अष्ट्रियाले आयोजना गरिरहनु पर्ने माग राखेका थिए।
पुरुष एकल टेबल टेनिसमा विकाश कार्की, गौरव कार्की र मनिराज थेवे क्रमश पहिलो, दोश्रो र तेश्रो भएका थिए। पुरुष डबल टेबल टेनिसमा विकाश कार्की र गौरव कार्की बिजयी भएका थिए भने डा.प्रदिप भण्डारी र युवराज लामा उपबिजयी बनेका थिए।

Advertisement


महिला टेबल टेनिस तर्फ निकिता भट्टराई पहिलो , रिमा विष्ट दोश्रो र आयुश्मा केसी तेश्रो भएका थिए।
खुला चेस प्रतियोगितामा सुदिप पौडेल पहिलो र विकाश कार्कीले दोश्रो स्थान प्राप्त गरेका थिए । बिजयी, उपबिजयी खेलाडीहरुलाई विशेष अतिथिहरुको हातबाट नगद पुरस्कार, कप, मेडल र प्रमाण पत्र वितरण गरिएको थियो भने प्रतियोगितामा सहभागी खेलाडीहरुलाई प्रमाण पत्रले सम्मानित गरिएको थियो।


व्यवस्थित र सुबिधा सम्पन्न हल साथै खेलाडीहरुको सहजताको राम्रो बन्दोबस्त भएकोले ज्यादै रमाईलो भएको सहभागी खेलाडीहरु साथै उपस्थित दर्शकहरुले व्यक्त गरेका थिए। कार्यक्रमको अन्त्यमा अध्यक्ष भवानी तिवारीले उपस्थित सबै नेपालीहरु, खेलाडीहरु साथै कार्यक्रमलाई सब्य र भब्य बनाउन महत्वपूर्ण भूमिका खेल्ने कार्यसमितिका पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए। कार्यक्रमलाई सफल र भब्य बनाउन कार्यसमितिका सबै सक्रिय पदाधिकारीहरुको प्रत्यक्ष, अप्रत्यक्ष सहकारिता रहेको थियो भने आईसीसी सदस्य विकाश कार्की, बरिष्ठ उपाध्यक्ष अनिता भुजेल, उपाध्यक्ष आशा थापा, सह-कोषाध्यक्ष सरिता सिलवाल, युवा सह-संयोजक राजिप थेबे , महिला संयोजक प्रतिभा कार्कीको विशेष सक्रियता रहेको थियो। कार्यक्रमको औपचारिक साथै पुरस्कार वितरण समारोहको संचालन प्रवक्ता शुभद्रा भण्डारीले गरेका थिए।


स्मरण रहोस एनआरएनए अष्ट्रियाले गत जुलाई महिनामा भियनामा आयोजना गरेको बनभोज तथा हाजिरी जवाफ प्रतियोगिता पनि भब्य रुपमा सम्पन्न भएको थियो र कार्यक्रमको चौतर्फी प्रशंसा गरिएको थियो।