March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

बेलायत स्थानीय निर्वाचनः जीत रानाभाट काउन्सिलरमा विजयी

4.2K

लण्डन । दक्षिण पूर्वी लण्डनमा नेपाली मूलका उम्मेदवार जीत रानाभाट काउन्सिलरमा निर्वाचित भएका छन् । बेलायतमा हिजो विहीबार सम्पन्न स्थानीय चुनावमा रोयल बरो अफ ग्रीनिचको प्लमस्टिड तथा ग्लेनडन वडाबाट रानाभाट २ हजार ३१९ मत प्राप्त गरी काउन्सिलरमा निर्वाचित भएका हुन् ।

रानाभाट लेबर पार्टीबाट उठेका थिए । उनीसँगै सो वडाबाट सोही पार्टीका अरु दुई उम्मेदवारहरु पनि निर्वाचित भएका छन् । लेबर पार्टीकै अडेल खैरेहले २ हजार ४१५ र सान्द्रा थोमस २ हजार ४४० मत ल्याएर विजयी भए । उनीहरुको निकटतम प्रतिद्वन्द्वी कन्जरभेटिभका उम्मेदवार माइकल डाउडले ५२७ मत ल्याए भने अरु उम्मेदवारहरुले ५०० मत पनि कटाउन सकेनन् । रानाभाट रोयल ग्रीनिच नेपाली सोसाइटीका अध्यक्ष पनि हुन् ।

यसअघि तीनपटक काउन्सिलर निर्वाचित मेजर रिटायर्ड चित्रबहादुर राना भने यसपटक काउन्लिसरमा निर्वाचित हुन असफल भएका छन् । वोकिङ काउन्सिलको गोल्डसवर्थ पार्क वडामा कञ्जरभेटिभ पार्टीबाट उम्मेदवार रहेका उनले ८२९ मत मात्र पाए भने लिबरल डेमोक्र्याटिक पार्टीका उम्मेदवार स्टेफेन ओडसले १ हजार ६४१ मत पाएर जित हासिल गरे ।

Advertisement