November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

बेलायतमा वंशजको नागरीकता निरन्तरता र भूपू गोर्खाहरुको समस्या बारे अन्तरक्रिया हुँदै

1.9K

लन्डन । बेलायतमा नेपाली समुदायको वंशजको नागरीकता निरन्तरता र भूपू गोर्खाहरुको समस्या बारे अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।

प्रवासी नेपाली एकता समाज (PANAS) बेलायतले वर्तमान नेपालको आर्थिक, सामाजिक, साँस्कृतिक, राजनीतिक विषयसँग सम्बन्धित र बेलायतमा बसोबास गरिरहेका नेपाली समुदायको वंशजको नागरिकताको निरन्तरता र भूपू गोर्खाहरुको समस्या सुन्ने सुनाउने कार्यक्रमको आयोजना राखेको हो ।

समाजका महासचिव रमेश शाहीका अनुसार उक्त कार्यक्रममा पूर्व उप-प्रधान एवं जलस्रोत
मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र प्रसाद
लिङ्गदेनको प्रमुख आतिथ्यता रहनेछ भने राप्रपाका प्रवक्ता एवं प्रमुख सचेतक ज्ञानेन्द्र बहादुर शाही राप्रपा
केन्द्रीय सदस्य एवं प्रवास विभाग प्रमुख आनन्द अधिकारी विशेष अतिथिका रुपमा उपस्थित हुनेछन् ।

Advertisement