लन्डन । चर्चित निर्देशक मिलन चाम्स आफ्नो पछिल्लो चलचित्र ‘अञ्जिला’ लिएर बेलायत आइपुगेका छन्। नेपाली राष्ट्रिय महिला फुटबलर अञ्जिला तुम्बापो सुब्बाको कथामा आधारित उक्त फिल्म यही फेब्रुअरी १५ तारिख अल्डरसटको एम्पायर हलमा प्रिमियर गरिने गरिने भएको छ ।
उक्त शोका लागि निर्देशक चाम्स र चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठ शुक्रबार बेलुका लन्डन उत्रिएका हुन् । चाम्स र श्रेष्ठलाई हिथ्रो विमानस्थलमा निर्माता सुमन राई, आकाश सुनुवार, अभिनेता रितेश चाम्स, सन्तोष सुवेदी, निर्माता टुवेन्द्र लिम्बूलगायतले स्वागत गरेका थिए।
महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिलासमेत रहेकी अञ्जिला तुम्बापोको वास्तविक जीवनकथामा आधारित ‘अञ्जिला’मा तुम्बापोसहित दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङलगायतको अभिनय छ ।
निर्देशक चाम्सले फेब्रुअरी १५ को प्रिमियर शोमा सहभागी हुन बेलायतवासी नेपाली दर्शकलाई निम्तो गरेका छन् ।
यस्तै, निर्माता सुमन राईले प्रिमियर शोमा सिट सिमित हुने भएकाले समयमै आफ्नो टिकट सुरक्षित गर्न आग्रह गरेका छन्।
यसअघि हङकङमा यस चलचित्रको वल्र्ड प्रिमियर भएको थियो। पाथिभरा गु्रप हङकङद्धारा २३ मंसिर (८ डिसेम्बर) का दिन युङ्लुङ् थिएटरमा सम्पन्न वर्ल्ड प्रिमियरमा पनि निर्देशक चाम्स सहभागी थिए ।
उक्त चलचित्र नेपालमा भने २९ फागुनदेखि प्रदर्शनमा आउने बताइएको छ ।