November 19, 2025, Wednesday
२०८२ मंसिर ३
1:37:26 pm

स्वर्णिम साहित्य समाजले पुरस्कृत आफ्ना दुई सदस्यलाई सम्मान गर्ने

२०८२ कार्तिक ३०

810

धरान । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र -३ ले आफ्ना पुरस्कृत दुई कवि दीपा मग्राती र मिलन नायकलाई सर्जकहरुलाई सम्मान गर्ने भएको छ । गत बुधबार आफ्नो आधिकारिक फेसबुक पेजबाट समाजले सो जानकारी दिएको हो ।

पूर्वेली साहित्यिक मञ्च, बराहक्षेत्रद्वारा आयोजित ‘चौथो कोसी प्रदेश स्तरीय कविता प्रतियोगिता-२०८२’ मा समाजका सदस्य मिलन नायक सान्त्वना पुरस्कारद्वारा पुरस्कृत भएकी थिइन् भने समाजका कोषाध्यक्ष दीपा मग्राती कवि विमल स्मृति पुस्तकालय , धरानद्वारा आयोजित ‘चौतिसौँ कवि विमल स्मृति राष्ट्रिय कविता महोत्सव-२०८२’ मा तृतीय स्थान हासिल गर्दै पुरस्कृत भएकी थिइन् । नायक समाजका साधारण सदस्य हुन् भने मग्राती समाजका कोषाध्यक्ष हुन् ।

दुई महत्वपूर्ण पुरस्कार भित्राउदै आफ्नो संस्थाको प्रतिष्ठालाई उच्च बनाएको भन्दै समाजले नायक र मग्रातीलाई सम्मान गर्न लागिएको समाजका अध्यक्ष शरणकुमार लिम्बुले बताएका छन् ।

Advertisement

स्मरणीय छ स्वर्णिम साहित्य समाजले आफ्ना पदाधिकारी अथवा सदस्यहरु पुरस्कृत हुँदा वा महत्वपूर्ण सम्मान पाएको खण्डमा सम्मान गर्ने गरेको छ । यसअघि पोएट आइडलमा उत्कृष्ट ११ मा पुग्न सफल सदस्य कवि छबिना लुङ्गेली मगरलाई पनि सम्मान गरेको थियो ।