March 14, 2025, Friday
२०८१ चैत्र १
1:37:26 pm

डोनाल्ड लुले आज प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने

1.7K

काठमाडौं । दक्षिण तथा मध्यएसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने भएका छन् । लु तीनदिने भ्रमणमा बिहीबार काठमाडौं आइपुगेका हुन् ।

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार । यस क्षेत्रको नियमित भ्रमणको सिलसिलामा लु नेपाल आइपुगेको जनाएको छ । लु गत मंसिरमा पनि नेपाल आएका थिए ।

नेपाल सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई अघि नबढाउने निर्णय गरेको एक महिनापछि लु काठमाडौं आएका हुन् । सरकारले गत असार ६ मा एसपीपी अघि नबढाउने निर्णय गरे पनि अमेरिकालाई पत्राचार गरेको छैन ।

Advertisement

बिहीबारै लुले अमेरिकी विदेशमन्त्रीद्वारा वार्षिक रूपमा प्रदान गरिने ‘अवार्ड फर कर्पोरेट एक्सिलेन्स’ नेपालस्थित अमेरिकी उत्पादनकर्ता कम्पनी पूर्णालाई प्रदान गरेका छन् । दूतावासका अनुसार पूर्णाले परम्परागत रूपमा सीमान्तकृत व्यक्तिको सशक्तीकरण गर्दै नीतिपरक उत्पादन प्रवर्द्धन गर्छ ।