काठमाडौं। उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव अमेरिका जाने भएका छन् । उनी जनसंख्यासम्बन्धी सम्मेलनमा भाग लिन यही बैशाख १६ गते अमेरिका जान लागेका हुन् ।
स्रोतका अनुसार उक्त सम्मेलनमा मन्त्री यादवले जनसंख्या विकास सम्बन्धी नेपालको धारणा प्रस्तुत गर्ने छन् ।
स्वास्थ्य मन्त्रालयको पदभार सम्हालेपछि यो यादवको पहिलो विदेश भ्रमण हो ।




