February 7, 2025, Friday
२०८१ माघ २५
1:37:26 pm

सांसद एकनाथ ढकालद्वारा सयुक्त राष्ट्र संघ महासभाका अध्यक्ष फिलिमेन याङसँग भेट

510

न्यूयोर्क । मित्र राष्ट्र सयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेका प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले बुधवार सयुक्त राष्ट्र संघ महासभाका अध्यक्ष फिलिमेन याङ संग भेट गरेका छन् ।

न्यूयोर्कस्थित सयुक्त राष्ट्र संघको मुख्यालयमा भएको भेटमा सांसद ढकालले नेपालको शान्ति प्रक्रियामा सयुक्त राष्ट्र संघको योगदानको कदर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फवाट शुभकामना सन्देश दिए । महासभाका अध्यक्ष फिलिमेन याङले संयुक्त राष्ट्रसंघको ७९औं महासभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको महत्वपूर्ण भेटवार्ताको स्मरण गर्दै नेपालको शान्ति र संमृद्धिको यात्रामा सयुक्त राष्ट्र संघको सदैव सदभाव रहने बताए ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागी हुन अमेरिका पुगेका ढकालले वाशिंटन डिसीमा रिपब्लिकन र डेमोक्र्याट पार्टीका छ जना सांसदहरुसंग समेत भेट गरेका थिए । पूर्व मन्त्रीसमेत रहेका ढकालले क्यपिटोल हिल (संसद भवन) मा अमेरिकी सांसदहरु बेथ भान डाइन, डानी देविज, जोहन टाईलर डूलिटल, जोनाथन ज्याकसन्, लुइए गोहमेर्ट लगाएत संग संसद भवनमा द्विपक्षीय हित र नेपाल –अमेरिका संसदीय आदानप्रदान बारे छुट्टाछुट्टै कुराकानी गरेका थिए ।

Advertisement

सांसद ढकालले अमेरिकी पत्रिका “द वाशिंगटन टाइम्स”को मुख्यालयकोसमेत भ्रमण गरी उक्त पत्रिकाको अध्यक्ष थोमस म्याकडेभिट लगाएतसँग अन्तरक्रिया गरेका छन् । ढकाल प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुन् र उनी नेपाल–अमेरिका संसदीय मैत्री समूहमा आबद्ध छन् । सांसद ढकालको भ्रमणलाइ अमेरिकी नेताहरुले बिशेष महत्व दिएका छन् ।