काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउने भएका छन् । उनी एकदिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउने भएका हुन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी भारत हुँदै नेपाल आउन लागेका हुन् ।
उनले प्रधानमन्त्री र परराष्ट्र मन्त्रीलाई भेट्ने बताइएको छ । स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को कार्यान्वयनको विषयलाई लिएर राजनीतिक दलहरूबीच विवाद चर्किरहेका बेला नेपालमा हुन लागेको लु को भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ ।