January 15, 2026, Thursday
२०८२ माघ १
1:37:26 pm

नेपाल समूहको बैठकमा सर्वोच्चको फैसला कुर्नेदेखि नयाँ पार्टी खोल्नेसम्मकाे राय

2.9K

काठमाडौं : नेकपा एमालेका निष्कासित नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठकमा नेताहरुले मिश्रित राय राखेका छन्। 

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बहिर्गमनको प्रयासरत खनाल–नेपाल समूहको बैठकमा केन्द्रीय सदस्यहरुले मिश्रित राय राखेका हुन्।

mostbet

सर्वोच्चको अदालतको फैसला कुर्ने देखि नयाँ पार्टी खोल्ने सम्मको बिषय बैठकमा उठेको केन्द्रीय सदस्य विरोध खतिवडाले बताए। उनले भने, ‘बैठकमा सबै खालको बिषय महत्वका साथ उठिरहेको छ। सर्वोच्च अदालतको फैसला कुर्ने, पार्टी एकताको लागि अन्तिमसम्म प्रयास गर्नेदेखि नयाँ पार्टी खोल्ने बिषयमा समेत उठिरहेको छ।’ ओलीले जालझेल गरेर सत्ता संकट टार्ने प्रयास गरिरहेको उनले बताए। 

Advertisement

‘हामीले पार्टी एकताको लागि हदैसम्म प्रयास गर्नुपर्छ। तर, ओली सच्चिने पक्षमा छैनन्। वार्ताको बहानामा उहाँले हामीलाई झुलाउन खोजिरहेको देखिन्छ’, बैठकमा नेताहरुको भनाई थियो। 

कार्यदलको नाममा ओलीले आफ्नो स्वार्थपूर्तिका लागि रोक्ने प्रयास गर्ने बैठकमा नेताहरुले बताएका छन्। पार्टी एकताका लागि अन्तिम प्रयास २०७५ जेठ २ मा फर्काउनुको विकल्प नभएको नेता खतिवडाले बताए । आफ्नो अडानबाट पछि हट्न नहुनेमा नेताहरुको एकमत रहेका छन्।

पार्टी एकताको प्रयास गरिरहेका नेताहरु इमान्दारपूर्वक पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारे। आजको बैठकमा करिब ६० जनाले आफ्नो धारणा राखेको उनले बताए। बैठक भोलि बिहान ११ बजेबाट निरन्तर बस्ने उनले बताए।