April 11, 2026, Saturday
२०८२ चैत्र २८
1:37:26 pm

उषा खड्गीको जाहेरीमा  जीपी तिमल्सिना पक्राउ

835

काठमाडौं । सञ्चारकर्मी जीपी तिमल्सिना पक्राउ परेका छन् । पूर्वपत्नी तथा पूर्व मिस नेपाल उषा खड्गीले प्रहरीमा दिएको जाहेरीको आधारमा तिमल्सिनालाई पक्राउ गरेको हो ।

अभद्र व्यवहार, धाकधम्की तथा कुटपिटको प्रयास गरेको आरोप सहित जाहेरी दिएपछि प्रहरीले सोमबार दुवै पक्षलाई बोलाएर छलफल गराएको थियो ।

mostbet

छलफलबाट विवाद नटुंगिएपछि कानुनी कारबाहीका लागी तिमल्सिनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

Advertisement

पक्राउ परेका तिमल्सिनालाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ ।