April 9, 2026, Thursday
२०८२ चैत्र २६
1:37:26 pm

हङकङमा ‘मैझारो’को च्यारिटी शो हुने

बज्र कुमार राई हङकङ
२०८२ चैत्र २६

750

हङकङ । द नेप्लिज एसोसिएसन हङकङले धरानको सामाजिक विकासका लागि नेपाली चलचित्र ‘मैझारो’को प्रदर्शन गर्ने भएको छ। चर्चित कलाकार विल्सन विक्रम राई (तक्मे बुढा)को लेखन तथा निर्देशन रहेको यस चलचित्रको प्रदर्शन आगामी १७ मे,साँझ ६ बजे याउ मा तेइ कम्युनिटी सेन्टरमा हुने भएको छ।

नेप्लिज एसोसिएसनका अध्यक्ष प्रदीप थापाले उक्त जानकारी दिँदै चलचित्र प्रदर्शनबाट प्राप्त हुने सम्पूर्ण रकम धरानको सार्वजनिक पूर्वाधार निर्माणमा खर्च गरिने बताएका छन्। चलचित्रमा धीरज मगर, मिरुना मगर, दिया पुन, रजनी गुरुङ, पुष्कर गुरुङ, बुद्धि तामाङ, सुनिल थापा, माओत्से गुरुङ र प्रेम सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ।

mostbet

प्रदर्शनका क्रममा निर्देशक विल्सन विक्रम राई स्वयं हङकङ आउने बताइएको छ। आयोजक संस्थाका अनुसार प्रदर्शनबाट उठेको मुनाफा धरान उपमहानगरपालिका-४, छोटीमोरङ (भेडेटार नजिक) डाँडामा निर्माणाधीन ‘थाउजेन्ड बिग बुद्ध’ जाने करिब तीन सय मिटर बाटो तथा सवारी पार्किङ स्थल निर्माणमा खर्च गरिनेछ।
सामाजिक उद्देश्यका लागि आयोजना गरिएको यस चलचित्र प्रदर्शनमा सहभागी हुन आयोजकले सर्वसाधारणमा हार्दिक अनुरोध गरेको छ।

Advertisement

प्रदर्शनको पोस्टर र टिकट हङकङेली नेपाली समाजमा सार्वजनिक गरिसकिएको छ। चलचित्रको टिकट मूल्य हङकङ डलर तीन सय तोकिएको छ।