April 22, 2026, Wednesday
२०८३ बैशाख ९
1:37:26 pm

पाटनमा दुई युवकमाथि छुरा प्रहार

775

काठमाडौं । ललितपुरको पाटनस्थित कृष्णमन्दिर परिसरमा बुधबार साँझ दुई युवकमाथि छुरा प्रहार भएको छ। छुरा प्रहारबाट उनीहरू घाइते भएका छन् ।

प्रहरीका अनुसार अर्को समूहले उनीहरूलाई छुरा प्रहार गरेको हो । घाइतेहरूलाई उपचारका लागि बीएन्ड बी अस्पतालमा पठाइएको छ । 

छुरा प्रहारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।