April 11, 2026, Saturday
२०८२ चैत्र २८
1:37:26 pm

मन्त्रीहरूको वरीयतामा हेरफेर

490

काठमाडौं । मन्त्रीहरूको मर्यादाक्रम (वरीयता) हेरफेर गरिएको छ । चैत १३ गते मन्त्री बनेकाहरूको वरीयता मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले हेरफेर गरेका हुन् ।

प्रधानमन्त्री शाहपछि दोस्रो नम्बरमा अर्थमन्त्री स्वर्णिम वाग्ले नै रहेका छन् भने तेस्रो नम्बरमा रहेका गृहमन्त्री सुधन गुरुङको वरीयता पाँचौँ नम्बरमा पु¥याइएको छ । यसअघि चौथो नम्बरमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाललाई तेस्रो नम्बरमा राखिएको छ । त्यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई पनि चौथो वरीयतामा ल्याइएको छ । उनी यसअघि छैटौं नम्बरमा थिए । यसअघि पाँचौँ नम्बरमा रहेका भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री सुनिल लम्साल छैटौंमा पुगेका छन् ।

mostbet

यसअघि मन्त्रिपरिषद्को वरीयतामा अन्तिममा रहेकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीलाई पनि अहिले ८औं नम्बरमा ल्याइएको छ ।

Advertisement

अहिले वरीयताको पुछारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह रहेका छन् । त्यस्तै कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम ७औं नम्बर, –संघीय मामिला तथा सामान्य प्रशासन; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावल ९औं र स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहता १०औं नम्बरमा रहेका छन् ।