ताप्लेजुङ । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकर्तालाई मिसन ८४ लाई तीव्र गतिमा बढाउन निर्देशन दिएका छन् । ताप्लेजुङ सदरमुकाम फुङलिङमा एमाले पार्टी कार्यालयको उद्घाटनपछि कार्यकर्तालाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
अध्यक्ष ओलीले एमाले सरकारबाट बाहिरिएपछि राष्ट्रियता कमजोर भएको, राष्ट्रिय स्वाभिमानमा आँच आउन थालेको, विकास, समृद्धि र सुशासनमा समस्या देखिन थालेको दाबी गर्दै यस्ता समस्या धेरै दिन आउन हुन्न भनेर गठबन्धन तोडेर नयाँ समिकरण बनाएको बताए ।
ओलीले बिहीबार बिहान ३२ सय मिटर उचाईको ७ ओलाङचुङगोलामा पुगेर स्थानीयसँग खुसी साटेका थिए । उनले यातायातका साधन पु¥याउनेलाई सम्मान पनि गरे । ओलीसँगै उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठ पनि गएका थिए । यो बस्तीमा मंगलबार सदरमुकाम फुङलिङबाट यातायातका साधन पुगेका यात्रु लिएर पुगेका थिए । यो सँगै जिल्लामा रहेका सबै ६१ वडामा यातायातका साधन पुगेका छन् ।