काठमाण्डौ । ताप्लेजुङ सरोकार केन्द्रको पाचौं अधिवेशन सम्पन्न भएको छ । अध्यक्ष टंक श्रेष्ठको सभापतित्वमा सम्पन्न अधिवेशनले बल बहादुर तामाङको अध्यक्षतामा २५ सदस्सीय कार्यसमिति चयन गरेको हो ।
समितिको पाँच उपाध्यक्षहरूमा सन्तोष मादेन, ज्ञान बहादुर ईजम, मिङ्मा डन्डु लामा, अशोक कुमार राई र नन्दु वनेम निर्वाचित भएका छन् भने महासचिवमा अशोक प्यासी राई, आठजना उप महासचिवमा मोहन योन्जन, प्रेम गुरागाँई, महेन्द्र पालुङ्वा, जीवन कुमार राई, भक्ति भट्टराई, चुडामणी गिरी, जीवन कुमार बस्नेत र हरिश्चन्द्र भट्टराई निर्वाचित भएका छन् ।
त्यस्तै निर्विरोध निर्वाचित ११ सचिवहरुमा लोकमणी मेन्याङ्वो, प्रेमहाङ वनेम, निरोज लिवाङ, रुपा आङबुहाङ, धनजित साँवा, सन्तोष बराल, दावाछिरिङ शेर्पा, रमेश न्यौपाने, दावा शम्भु शेर्पा, निर्मला ईजम र देवीप्रसाद गिरी रहेका छन् भने सदस्यहरुमा महिमा कडरिया, कविन्द्र शेर्मा, विपना आङवुहाङ, रोशनी लिम्बु, रेनुका यक्शो, संजोक वनेम, राज कुमार शेर्मा र रुद्र साँवा निर्विरोध निर्वाचित भएका छन् ।
महासचिव सन्तोष मादेनले उद्धघोषण गरिएको सो समारोहमा उपाध्यक्ष वलबहादुर तामाङले स्वागत मन्तब्य राखेका थिए ।
कार्यक्रमको पहिलो चरणमा प्रमुख अतिथि प्रतिनिधि सभाका सभासद योगेश भट्टराई रहेका थिए । उनले जिल्लाका लब्धप्रतिष्ठित १२ व्यक्तित्वहरु पूर्व रथी फत्ते बहादुर मेन्याङ्वो, पूर्व राज्यमन्त्रीहरू डा. भरत प्रधान, याङ्किला शेर्पा, पूर्व सचिव नरेन्द्र कुमार श्रेष्ठ, पूर्व निर्वाचन आयुक्त सूर्य प्रसाद श्रेष्ठ, ईन्जिनियर मेघेन्द्र कुमार श्रेष्ठ, पूर्व सचिव डमरु वल्लभ भट्टराई, विद्युत प्राधिकरणका पूर्व निर्देशक गौरीमान कडरिया, पूर्व सहायक रथी रणध्वज लिम्बु, पूर्व उपरथी अनन्त बहादुर थेबे, प्राडा सुरेन्द्र केसी र चर्चित हाँस्य कलाकार मनोज गजुरेललाई ताम्र पत्रसहित खास्टो ओढाएर सम्म्मान गरेका थिए ।
कार्यक्रममा लक्ष्मीप्रसाद साँवाद्धारा तयार गरिएको वेभसाईड एव्स (संस्थाको सम्पूर्ण विवरण भएको सामाजिक सञ्जाल) प्रदर्शन गरिएको थियो ।
प्रमुख अतिथि भट्टराई, विराटनगरका पूर्व नगरप्रमुख ध्रुव नारायण श्रेष्ठ, पूर्व रथी अनन्त बहादुर थेबे, राज्यमन्त्रीद्धय प्रधान र शेर्पाले उक्त अधिवेशनलाई शुभकामना दिएपश्चात सरोकारका अध्यक्ष टंक श्रेष्ठले पहिलो कार्यसमिति भङ्ग भएको घोषणा गर्दै पहिलो चरणको कार्यक्रम विसर्जन भएको थियो ।
दोस्रो चरणको बन्द शेषनमा भने विधानअनुरुप ५७ जना नयाँ कार्यसमिति छनोट गर्नुपर्नेमा करिब ४० जनाको सहभागीता रहेको थियो । विवादका बाबजुद मध्याह्न १ वजे सुरु भएको अधिवेशन रातको झन्डै साढे नौमा सकिएको थियो ।
निर्वाचन मण्डलमा अधिवक्ताहरु गोविन्द भट्टराई, थईन्द्र आङवुहाङ, वलराम भट्टराई र सरीता अधिकारी रहेका थिए । सचिव र कोषाध्यक्षको प्रतिवेदनमाथि उपस्थित साधारण सदस्यहरुले जिज्ञासा र प्रश्न तेर्स्याएका थिए । वि.सं.२०७२, ७६, ७८ हुँदै २०८१ सालसम्मको उठ्न बाँकी हिसाब शीर्षकमा २३ लाख ज्यादा रकम बेरुजु देखाईएको थियो भने १ लाख ८० हजार सम्मको संस्थाको रकम नबुझाउने २५ जना सम्मको नामै अनुसुची ४० मा सार्वजनिक गरिएको थियो । तर ति नाम मध्ये कार्यसमितिका नन्दु वनेम र रमेश न्यौपानेले तत्कालै हलमा बुझाएकोले सफाई पाएका थिए ।
नाम नबताउने सर्तमा कार्यसमितिका सल्लाहकार, सदस्य र एकजना आजीवन सदस्यले भने, ‘१ लाख ८० हजार खानेको चाहीँ नाम प्रतिवेदनमै सार्वजनिक गर्ने, वर्तमान कार्यसमिति भन्दा अघिल्लो समितिका नेतृत्वहरुले २३ लाख ज्यादा घोटाला गरी हिनामिना गरेको चाहीँ ननिकाल्ने ? संस्था फुटेर दुई टुक्रा हुनुको प्रमुख कारण त्यही थियो ।’
ताप्लेजुङ सरोकार केन्द्र जन्मनु अघिनै सुरुमा ताप्लेजुङेहरुको साझा संस्था २०४८–४९ सालमै क्रियाशील रुपले गठन भैसकेको थियो । तर सरोकार केन्द्रले भने त्यो इतिहास कहिल्यै लेख्न र खोज्न नचाहेको गुनासो छ । यस संस्थालाई २०६२ पुनः स्थापना गरेर त्यसैलाई पहिलो समिति भन्दै हौवा फिजाएको आरोप छ । तर त्यही संस्था २०७४÷७५ मा आएर १३ लाख रुपैया हिनामाना र पद लुछाचुडीको कारण डम्वर तुम्वाहाम्फेको नेतृत्वमा ताप्लेजुङ समाजसेवा भनि अर्को संस्था फुटेर गठन भैसकेको छ । अहिले सम्म दुबै संस्थामा ९५% (प्रतिशत) एमाले (राजनीतिक) पार्टीका कार्यकर्ताहरु छन् ।
निर्वाचन मण्डलीले विधान अनुरुप अध्यक्षमा १, उपाध्यक्षमा ४, महासचिवमा १, उपमहासचिवमा ४, सचिवमा ११ कोषाध्यक्षमा १, सह कोषाध्यक्षमा १, खुल्ला, पालिका र महिला गरेर ३४ गर्दा सवै गरेर जम्मा ५७ जनाको कार्समिति छनोटमा सबैमा निर्विवाद भएता पनि महासचिवमा ४ जना र उपमहासचिवमा ७ जनाको उम्मेद्धारी पर्नाले पद वाँडफाड मिलाउन विधान मिचेर उपाध्यक्ष र उप महासचिवको संख्या बढाइएको आरोप लागेको छ । वादविवादका बाबजुद पनि ५७ सदस्य छनोट हुनुपर्नेमा २५ सदस्सीय कार्यसमिति गठन भएको हो ।
कार्यसमिति छनोट, संस्थाको मुखपत्र, स्मारिका, पत्रपत्रिका निकाल्दा या ताप्लेजुङे कसैलाई आर्थिक र भौतिक सहयोग गर्दा गुट–पगुट नबनाई, विभेद नगरी निष्पक्ष सेवकको रुपमा संस्था बढ्नुपर्ने उपस्थित पर्यभेक्षकहरुको धारणा थियो ।