March 8, 2026, Sunday
२०८२ फाल्गुन २४
1:37:26 pm

ताप्लेजुङमा पहिरोसँगै झरेको ढुङ्गाले लागेर पिकअपमा सवार महिलाको मृत्यु

1.9K

ताप्लेजुङको फक्तालुङ गाउँपालिका-३ खेसेवामा पहिरोसँगै झरेको ढुङ्गाले लागेर पिकअपमा सवार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा फक्तालुङ-३ की २६ बर्षीया निर्मला गुरुङ रहेकी छन् ।

प्रहरीका अनुसार भदौ २९ गते दिउँसो साढे २ बजे ताप्लेजुङ सदरमुकामबाट सामान बोकेर फक्तालुङतर्फ जाँदै गरेको मे. १ ज १३६२ नम्बरको पिकअप गाडीलाई बाटो माथिबाट पहिरोसँगै झरेको ढुङ्गाले किच्दा गुरुङ गम्भीर घाइते भएकी थिईन्।

pin up pinup

घाइते उनलाई उपचारको लागि ताप्लेजुङ जिल्ला अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको थियो ।

Advertisement

पिकअप र चालक फाक्तालुङ-३ का रुपेश सुनुवारलाई जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।