ताप्लेजुङको फक्तालुङ गाउँपालिका-३ खेसेवामा पहिरोसँगै झरेको ढुङ्गाले लागेर पिकअपमा सवार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा फक्तालुङ-३ की २६ बर्षीया निर्मला गुरुङ रहेकी छन् ।
प्रहरीका अनुसार भदौ २९ गते दिउँसो साढे २ बजे ताप्लेजुङ सदरमुकामबाट सामान बोकेर फक्तालुङतर्फ जाँदै गरेको मे. १ ज १३६२ नम्बरको पिकअप गाडीलाई बाटो माथिबाट पहिरोसँगै झरेको ढुङ्गाले किच्दा गुरुङ गम्भीर घाइते भएकी थिईन्।
घाइते उनलाई उपचारको लागि ताप्लेजुङ जिल्ला अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको थियो ।
पिकअप र चालक फाक्तालुङ-३ का रुपेश सुनुवारलाई जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।