March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

ताप्लेजुङमा पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु

1.2K

काठमाडौं । ताप्लेजुङमा पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

गएराति फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गएको पहिरोमा परी खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उनकी श्रीमती जसमाय र लिम्बू दम्पतीका छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो ।

घाइते हुनेमा ४० वर्षीया युगेन लिम्बू र उनकी तीन वर्षीय छोरी रहेका छन् ।

Advertisement

फक्तालुङ गाउँपालिका उपाध्यक्ष रवीन लिम्बुको घर पहिरोले बगाएको हो । पहिरोमा परी मृत्यु भएकाहरु उपाध्यक्ष रविनका बुबा र कान्छी आमा र २ बहिनी हुन् ।

प्रहरीका अनुसार गत बुधबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा छवटा पुल बगाएको छ । पुल बगेपछि यातायातका साधन सञ्चालनमा समस्या भएको छ ।