March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

जापानकी चर्चित नायिका सयाका कान्डाको २२ तलबाट खसेर मृत्यू

3.1K

काठमाडौं । जापानकी चर्चित नायिका सयाका कान्डाको २२ तलबाट खसेर मृत्यु भएको छ । होक्काइडो द्वीपको एउटा होटलमा बसेकी सयाको सोहि होटलको २२औं तलबाटको एउटा कोठाबाट खसेपछि मृत्यु भएको हो ।

३५ वर्षकी सया १८ डिसेम्बर राती माथिबाट खसेपछि रगताम्मे अवस्थामा सयाका होटलको बाहिरी इलाकामा भेटिएकी थिइन् ।

रिपोर्टका अनुसार सयाका कोठाको होटलको २२औं तलमा थिइन् । उनी त्यहिँ माथिबाट खसेकी थिइन् जसका कारण उनको मृत्यु भयो । उनलाई तत्काल अस्पताल पुर्याएपनि बचाउन भने सकिएन ।

Advertisement

स्थानीय समाचार एजेन्सीले उनको मृत्युको पुष्टि गरेको छ । एजेन्सीले एउटा बयान जारी गरेर नायिका सयाका दुर्घटनाको शिकार भएको र उनी अब हामीबीच नरहेको जानकारी दिएको हो ।