मेक्सिकोमा चुनावी अभियानका लागि निर्माण गरिएको स्टेज भत्किदा एक बालकसहित कम्तिमा नौ जनाको मृत्यु भएको छ ।
बिहीबार उत्तरी मेक्सिकोमा हुरीका कारण स्टेज भत्किँदा दुर्घटनामा परी घाइते भएकामध्ये अहिलेसम्म कम्तीमा नौ जनाको मृत्यु भएको र अन्य ५० जना घाइते अवस्थामा उपचार भइरहेको अन्तरास्ट्रिय समाचारहरूमा उल्लेख छ ।
हावाको तीव्र बेगका कारण स्टेज खसेको प्रत्यक्षदर्शीहरूको भनाइ छ । स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक ‘भिडियो फुटेज’ मा दुर्घटनाको दर्दनाक दृश्य देखिन्छ ।
गभर्नर गार्सियाले सामाजिक सञ्जाल एक्समा सान पेड्रो गार्जा गार्सिया सहरमा भएको उक्त घटनालाई एउटा त्रासदीको रूपमा वर्णन गरे ।
कार्यक्रम सान पेड्रो गार्जा गार्सियाका मेयरका लागि सिटिजन्स मुभमेन्ट उम्मेद्वार लोरेनिया क्यानावतीका लागि चुनावी र्याली र अभियान समापनपछि सम्बोधनका लागि तयार पारिएको थियो ।कार्यक्रममा पार्टीका सिनेटर र सांसदहरूका उम्मेद्वारहरूले पनि भाग लिएका थिए ।
मेक्सिकोको मौसम विज्ञान शाखाले घट्नाअघि नै ७० किलोमिटर प्रति घण्टाको हावाले नुएभो लियोन र अन्य उत्तरी राज्यमा सम्भावित आँधीबेहरी आउने चेतावनी दिएको थियो