April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

रेल वे हडतालको पीडा निर्दोष जनताले ब्यहोर्नु पर्ने यातायात मन्त्रीको चिन्ता

3.9K

लण्डन । बेलायतका यातायात मन्त्री ग्राण्ट शापले आगामी हप्ता हुन गइरहेको अधिराज्यव्यापी रेल हडतालले देशका निर्दोष र निम्न स्तरका जनताहरुले सास्ती ब्यहोर्नु पर्ने चिन्ता प्रकट गरेका छन् ।

उनले विशेष गरी नियमित रुपमा काममा जाने यात्रुहरु र हाल परीक्षा दिइरहेका विद्यालय र युनिभर्सिटीका विद्यार्थीहरु बढी मारमा पर्ने बताए ।

तर रेल, सामुद्रिक तथा यातायात संघ (आरएमटी) ले “वार्ताद्धारा समस्याको समाधान गर्ने बाटाहरु राजनीतिज्ञहरूले नै रोकेको” आरोप लगाएको छ ।
हडताल आगामी मंगलबार (जुन २१) , बिहीबार (जुन २३) र शनिबार (जुन २५) का दिनहरुमा बेलायतका लगभग सबै प्रमुख रेल वे लाइनहरूमा हुँदैछ भने मंगलबार लन्डन भूमिगत रे (ट्युव अण्डरग्राउण्ड) रेलमा पनि हुँदैछ।

Advertisement

तर हडताल मंगलबार, बिहिबार र शनिबार मात्रै हुने भनिएपनि २० तारिख सोमबार देखि लिएर २६ तारिख आइतबारसम्म पुरै हप्ता यसका नकरात्मक असरहरु रहने अनुमान गरिएको छ ।

हेर्नुहोस् सम्बन्धित समाचारः