March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

बेलायतमा आजसम्मकै सबैभन्दा ठूलो रेलवे हडताल हुँदै

4.5K

लण्डन । बेलायतमा यसै महिनाको अन्ततिर हुने आम रेलवे हडतालको खबरले यात्रुहरु चिन्तित बनेका छन् । स्मरणीय छ, जुन महिना गर्मीमा छुट्टी मनाउन बाहिर जाने समय पनि हो ।

तलव वृद्दिमा कुरा नमिलेको र मदजुरहरुको संख्यामा पनि कटौति गरिने विषयलाई लिएर हजारौं रेलवे मजदूरहरु हडतालमा उत्रिंदैछन् ।

रेलवे मजदूरहरुको संगठन आर. एम. टी. युनियनको अनुसार जुन महिनाको २१, २३ र २५ तारिख देशव्यापी रुपमा रेलहरु चल्न नदिने र रेलका सम्पूर्ण राष्ट्रिय सञ्जालहरु ठप्प पार्ने उनीहरुको योजना छ ।

Advertisement

तर बेलायती यातायात मन्त्रीले ग्राण्ट श्यापले आर. एम. टी. युनियनलाई हतारमा “होश नपुर्याई हतारमा गरेको निर्णय गरेको” र “यसले जनतालाई रेलवे सेवा प्रयोग गर्न दुरुत्साहित गर्ने” आरोप लगाएका छन् ।

नेटवर्क रेल, १३ वटा रेलवे सञ्चालक कम्पनी र ४० हजारभन्दा बढी मजदुरहरुले भाग लिने यस हडताल आधुनिक बेलायतको इतिहासकै सबैभन्दा ठूलो रेलवे हडताल हुनेछ ।

हडतालको पहिलो दिन जुन २१ मा आर. एम. टी. युनियनसंग आवद्द लण्डन भूमिगत रेल (ट्युव) का कामदारहरुले तलव वृद्दि र कामदार संख्या कटौतिको विषयलाई लिएर छुट्टै हडताल गर्नेछन् जुन संख्या थप गर्दा आम हडतालमा भाग लिने मजदूरहको संख्या ५० हजार नाघ्ने अनुमान गरिएको छ।

बीबीसीका अनुसार यो हड्तालबाट बेलायतकोे ८० प्रतिशत मूख्य रेलमार्ग र सेवा ठप्प हुनेछ ।

बेलायतमा बार्षिक रुपमा हुने ग्लास्तोनबुरी सांगीतिक महोत्सव पनि यो हड्तालकै समयमा पर्ने हुँदा हडताल थप जटील बन्ने सजिलै अनुमान गर्न सकिन्छ ।