November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

चार वर्षपछि एमालेमा फर्किएकी झाँक्रीले भनिन्– ‘अब म माथि ट्रोल होला स्वीकार्य छ’

२०८२ कार्तिक २४

530

काठमाडौं । रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ (किसान) लगायतका नेता एमालेमा फर्किएका छन् । चार वर्षअघि एमालेबाट विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टीतिर लागेका झाँक्री र श्रेष्ठ पुनः एमालेमै फर्किएका हुन् ।

उनीहरू सोमबार एमालेले काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजना गरेको ‘घर फर्क राष्ट्रिय अभियान’ अन्तर्गत नेकपा एमालेमा फर्किएका हुन् ।

उनीहरूलाई एमाले अध्यक्ष ओलीले एमालेको चुनाव चिह्न सुर्य प्रदान गरेका थिए भने उनीहरुले कलम चिह्न अध्यक्ष ओलीलाई प्रदान गरेका थिए ।

Advertisement

गत कात्तिक १९ गते एकीकृत समाजवादी माओवादीलगायतका १० पार्टीबिच एकीकृत भएको थियो । झाँक्री, श्रेष्ठलगायत गम्भीरलाल श्रेष्ठ, पिताम्बर तिमिल्सिना, राजाराम स्याङतान, ववि चाम्लिङ, ध्रुव विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राई, केदार गौतम, सावित्री न्यौपाने, उत्तम श्रेष्ठ, केशव सापकोटालगायत एमालेमा फर्किएका हुन् ।

नेकपा एमालेमा रहँदा ‘बोल्न पाइन्छ’ भन्दै पार्टीअध्यक्ष ओलीसँग बिद्रोह गरी एकीकृत समाजवादीतिर लागेकी नेतृ रामकुमारी झाँक्रीले अब आफूमाथि हुने ट्रोल स्वीकार्ने बताएकी छन् । चार वर्षको अवधिमा जनताको रक्षक एमाले मात्र हो भन्ने बुझेर पार्टी फर्किएको पनि उनले बताइन् ।

उनले भनिन्, ‘तपाईँहरूको क्यामेरा मप्रति फर्किरहँदा मलाई थाहा छ । मलाई विगत र अहिलेको हेरेर ट्रोल गर्नुहुन्छ होला । त्यो मलाई स्वीकार्य छ । यो आजको वास्तविकता हो । हामी वास्तविकताबाट टाढा हुन सक्दैन । त्यसैले एमाले भर्सेस जेनजी आन्दोलनका स्टेक होल्डरहरू र पीडित पक्षहरूको ध्रुवीकरण भएको छ ।’