विराटनगर । भद्रपुरमा लागूऔषध ब्राउन सुगरसहित भारतीय बुबा छोरा पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत विहार किसनगञ्ज जिल्ला ठाकुरगञ्ज पञ्चायत उर्दु कोलोनी ८ बस्ने ३८ वर्षीय जमकोद खान र उनका छोरा १८ वर्षीय आयान खान रहेका छन् ।
उनीहरूलाई वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले सोमबार दिउँसो साढे १ बजे भद्रपुर– ५ बसपार्कस्थित न्यु बान्तवा होटेलबाट ५८ ग्राम १० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
होटेलमा लागूऔषधको कारोबार भइरहेको जानकारी पाएपछि प्रहरी टोली होटेलमै पुगेर बुबा-छोराको शरीर तलासी गर्दा ब्राउन सुगर फेला परेको थियो।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान गरिरहेको जनाइएको छ।