विराटनगर । इलाम र मोरङको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषधसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
माघ ३० गते बिराटनगर महानगरपालिका-१७ स्थितबाट इलका प्रहरी रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश १-०२-०५४ प २१३६ नम्बरको मोटरसाईकल चालक मोरङ बेलबारी नगरपालिका-४ का ३२ बर्षीय बिजय राईलाई २ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो।
यस्तै, इलका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे-१ का ३३ बर्षीय बाल कृष्ण परियार र २० बर्षीय मौषम धिमाललाई १०५ चक्की ट्रमाडोलसहित नियन्त्रणमा लिएको छ ।
त्यसैगरी प्रहरी चौकी महमाई इलामबाट खटिएको गस्ती टोलीले माई नगरपालिका-७ का ४५ बर्षीय टेक बहादुर लिम्बुलाई ७० मिलिग्राम ब्राउन सूगरसहित पक्राउ गरेको छ ।
लागूऔषधसहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।