बिराटनगर । धनकुटा र उदयपुर जिल्लाका विभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरु प्रहरीले फडानी गरी नष्ट गर्दै आईरहेको छ ।
‘कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान’ अन्तरगत अबैध रुपमा लगाएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अनुसार मङ्सिर ७ गते धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङ, भेडेटार, पाख्रीवास, प्रहरी चौकी त्रिवेणी र आँखीसल्लाबाट परिचालन भएको प्रहरी टोलीले शहिदभूमि र साँगुरीगढी गाउँपालिका र पाख्रीवास नगरपालिकाको बिभिन्न एरिया इलाकाहरुका ६६ रोपनी क्षेत्रफलमा प्राकृतिक रुपमा डाँडा पाखामा हुर्केका ५६ हजार ५० गाँजाकाबोटहरु फडानी गरी जलाई नष्ट गरेको छ ।
यसैगरी उदयपुरको जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरगढी गाउँपालिका–१ बिभिन्न एरिया इलाकाहरुको पाखा बारीमा लगाएको ७ हजार ८ सय ९५ गाँजाको बोट फडानी गरी जलाई नष्ट गरेको छ ।