लिम्बू विद्यार्थीद्वारा आयोजित १५ दिने निशुल्क लोकसेवा तयारी कक्षा सम्पन्न
इलाम : लिम्बू विद्यार्थी मञ्च जिल्ला कार्यसमिति इलामकाे आयोजनामा सञ्चालित १५ दिने लाेकसेवा आयाेगकाे निशुल्क तयारी कक्षा शनिबार सम्पन्न भएकाे छ । मञ्च २३ औँ वर्षमा प्रवेश गरेकाे अवसरमा आयाेजित कक्षा गत ०६ गते देखि हिजाे २१ गतेसम्म सञ्चालन भएकाे थियाे । कक्षाकाे हिजाे शनिबार एक समापन समाराेहबीच समापन गरिएकाे हाे । इलाममा लाेकसेवा तयारी गरिरहेका...