April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

पत्रकार महासंघ निर्वाचन : विराटनगरमा मतदान सुरु

4.2K

विराटनगर : नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि मोरङको विराटनगरमा मतदान सुरु भएको छ।

मतदान बुधबार बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म हुनेछ। महासंघ मोरङ जिल्ला समितिको निर्वाचनमा २० पदका लागि ४७ जनाको उम्मेदवारी परेको छ। 

अध्यक्षमा दुईजना सहित सदस्य, प्रदेश परिषद सदस्य र केन्द्रिय परिषद सदस्य गरी ४७ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।

Advertisement