काठमाडौँ – नेपालमा थप २८८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा ४ हजार ७१ वटा पीसीआर परीक्षण गर्दा २८८ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो समेत गरी नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७९ हजार ३८८ पुगेको छ ।
आज १२७ जना निको भएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार ७३५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमितको मृत्यु शून्य रहेको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०३८ पुगेको छ ।