November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

‘गिरिजाप्रसाद कोइरालाले संसद विघटन गर्दा संविधानको बाटो प्रयोग गर्नुभएको थिएन’

3.1K

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद विघटन गर्दा संविधानको बाटो प्रयोग नगरेको दाबी गरेका छन्।

गण्डकी प्रदेश सभाको विशेष अधिवेशनमा बोल्दै मुख्यमन्त्री गुरुङले संविधानविद्हरुले धारा/धारा भन्नुको अर्थ नरहेको बताए।

गिरिजाप्रसादले संसद भंग गरेको स्मरण गर्दै उनले भने, ‘उहाँले प्रतिनिधि सभा विघटन गर्दा संविधानमा भंग गर्न पाउने व्यवस्था संविधानमा थिएन।’ 

Advertisement

पार्टीभित्रैबाट काम गर्न नदिएर गिरिजाले संसद भंग गरेको उनले जिकीर गरे। प्रधानमन्त्री केपी शर्मा ओलीको कार्य अप्रजातान्त्रिक नभएको भन्दै प्रतिनिधि सभा विघटनको बचाउ गरे।