November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

अटोमेटिक पेस्तोलसहित एक वडाध्यक्ष पक्राउ

1.8K

काठमाडौं । रोल्पाका एक वडाध्यक्ष पेस्तोलसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा गंगादेव गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष ३३ वर्षीय कृष्ण वली रहेका छन् ।

प्रहरीका अनुसार वली अटोमेटिक पेस्तोलसहित पक्राउ परेका हुन् । आफ्नो घरमा अवैध हतियार लुकाएको भन्ने गोप्य सूचनाका आधारमा उनको घर पुगेको प्रहरीले खानतलासी गर्दा घरको माथिल्लो तलामा लुकाएर राखेको अवस्थामा स्वचालित पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।

‘मेड इन इटाली’ लेखिएको नौ राउन्ड गोली लाग्ने एक थान पेस्तोल म्यागजिनसहित बरामद भएको प्रहरीले जनाएको छ ।

Advertisement

पक्राउ परेका वलीविरूद्ध हातहतियार तथा खरखजना मुद्दा चलाइएको प्रहरीले जानकारी दिएको छ। उनलाई जिल्ला अदालत रोल्पाले थप १४ दिन थुनामा राखेर घटना अनुसन्धान गर्न म्याद थप गरिएको पनि प्रहरीले जनाएको छ ।