सिंगापुरमा भव्यताका साथ मनाइयो चासोक् तङ्नाम
काठमाडौं । सिंगापुरमा चासोक तङ्नाम-२०८० भव्य रुपमा मनाइएको छ । किरात याक्थुङ चुम्लुङ सिंगापुरको आयोजनामा भव्य कार्यक्रमको आयोजना गरी चासोक मनाइएको हो । सिंगापुरको माउन्ट भर्नन् क्याम्पमा सम्पन्न उक्त कार्यक्रममा सयौंको उपस्थिति रहेको थियो । केलाङ् (च्याब्रुङ् नाच)बाट स्वागत गरिएको कार्यक्रममा पूजा तथा रन्जित थाङदेन लिम्बुले भिडियोमार्फत चासोकबारे भिडियो प्रस्तुत गरेका थिए । केलाङ् समूहमा...