March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

लन्डनमा मेयर रेनु दाहाललाई अन्तर्राष्ट्रिय अवार्ड प्राप्त

२०८० फाल्गुन २५

2.3K

लन्डन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेकी छन् । दाहाल हाउस् अफ कमन्सको टेरेस पेभिलियनमा बिहीबार आयोजित समारोहबीच इपिजी नामक संस्थाले प्रदान गरेको ‘पोलिटिकल एण्ड पब्लिक लाइफ अवार्ड्स २०२४’ अन्तर्गत ‘इन्टरनेसनल मेयर अवार्ड’ प्राप्त गरेकी हुन् ।

उनलाई लन्डन मेयर सादिक खानले अवार्ड हस्तान्तरण गरेका थिए । मेयर सादिक खानले भने ‘लोकल गभरमेन्ट अवार्ड’ प्राप्त गरेका थिए । यस्तै, मरिससकी पहिलो मुस्लिम महिला राष्ट्रपति (२०१५ देखि २०१८) अमिना गुरिव फकिमले ’इन्टरनेशनल वुमन अफ द इयर अवार्ड’ पाइन् भने भारतीय राजनीतिज्ञ तथा ऋषिहुड युनिभर्सिटीका चान्सलर सुरेश प्रभाकर प्रभुले ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्राप्त गरेका छन् ।

यस्तै, बेलायती उपप्रधानमन्त्री ओलिभर डाउडेनले ‘पार्लियामेन्टरियन अफ द इयर’ (गभरमेन्ट), राज्यमन्त्री रोबर्ट हाल्फोनले ‘मिनिष्टर अफ द इयर’, सांसद ग्यारेथ थोमसले ’स्याडो मिनिष्टर अफ द इयर अवार्ड’ ग्रहण गरे ।

Advertisement

त्यसैगरि, सनराइज रेडियोले ‘मिडिया अफ द इयर अवार्ड’ पायो भने इन्टरकन्टिनेन्टल लन्डन ओटुले ‘होटल अफ द इयर अवार्ड’ पाएको छ । प्रोफेसर जसपाल कोनरले ’डक्टर अफ द इयर अवार्ड’ प्राप्त गरे ।

अवार्ड ग्रहण गर्दै मेयर दाहालले यसल अझैं उर्जा र हौसला मिलेको बताइन् । उनले भननिन्, ‘दोस्रो कार्यकाल मेयर निर्वाचित भएर भरतपुरवासी जनताका लागि काम गर्दा अन्तर्राष्ट्रियस्तरबाट जुन खालको मूल्यांकन भयो, यसले ज्यादै खुशी भएको छु । यस अवार्डले अझ ऊर्जा, हौसला र जनताको पक्षमा काम गर्नका लागि बल पुग्ने विश्वास छ ।’

निर्णायकहरूको छनोटमा कुल २४ विद्यामा प्रदान गरिएको उक्त १६ औं वार्षिक अवार्डस् वितरण समारोहको होष्ट सांसद भ्यालिरी भाज थिइन् ।