एनआरएनए सबैको साझा चौतारी हो, यसका रक्षाका लागि अन्तिम घडिसम्म लडाइँ लड्छु: आरके शर्मा
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष राजेन्द्रकुमार (आरके) शर्माले निर्वाचन प्रक्रियामा धाँधली भएको प्रष्ट्याएका छन् । सोमबार काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा पत्रकार सम्मेलन गर्दै उनले ११ औं महाधिवेशनमा धाँधली भएको प्रष्ट भएको बताएका हुन् । ११ औं महाधिवेशनमा त्रिअध्यक्षले पेलेरै लगेको शर्माको भनाइ थियो । उनले भने, “गैरआवासीय नेपाली संघ सबैको साझा चौतारी, समृद्ध...