April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

एनआरएनएको जग्गा सरकारीकरण हुने

1.7K

काठमाडौं । ललिता निवासको क्षेत्रभित्र जग्गा खरिद गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को जग्गा सरकारीकरण हुने भएको छ । विशेष अदालतले त्यहाँको जग्गा सरकारको हुने फैसला गरेको हो ।

विशेष अदालतका सदस्यहरु खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले गरेको फैसला अनुसार, प्रधानमन्त्री निवास विस्तारका क्रममा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएकाले एनआरएनएको जग्गा पनि जफत हुनेछ ।


विशेष अदालतले नै फैसलामा जग्गा खरिद गर्नेहरुले आफूले जग्गा किन्दा खरिद गरेको मूल्य दावी गर्न पाउने व्याख्या गरेको छ । उसले फैसलामा ‘व्यक्ति तथा संस्थाले खरिद गरेको थैली (रकम) देवानी दायित्व सरह दावी गरी असुलउपर गर्नसक्ने’ भनेको छ ।

Advertisement